
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।
मंगलबार काठमाडौँको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस पुगेको थियो । देशभर सबैभन्दा बढी धरानमा ३५.७ डिग्री सेल्सियस, नेपालगञ्जमा ३३ डिग्री सेल्सियस, जनकपुरमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij