Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भाषणले मात्रै जनताको समस्या समाधान हुँदैन - मन्त्री श्रेष्ठ

भाषणले मात्रै जनताको समस्या समाधान हुँदैन - मन्त्री श्रेष्ठ

  • काठमाडौं/भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन् । कीर्तिपुर नगरपालिका–५ पागामा स्थानीयलाई गाउँ ब्लकको जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै उनले उक्त निर्देशन दिएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न स्थानीय तहका पदाधिकारीलाई सुझाव दिइन् । ‘भाषण गर्दैमा, निर्णयका ठेली लेख्दैमा जनताका समस्या समाधान हुँदैन । विगतमा जनप्रतिनिधिबाट आवश्यक पहल भएको देखिएन, त्यसैले पागाबासीले पूर्जा प्राप्त गर्न गणतन्त्र आउन प¥यो । लालपूर्जाको अभावमा राष्ट्रियताविहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केही नेपाली बञ्चित हुन परेको अवस्था छ, अब त्यो छिट्टै अन्त्य गरिनेछ,’ मन्त्री श्रेष्ठले भनिन् ।

    AGNI GROUP

    जनताले बनाएको मन्दिरमा गजुर लगाउनमात्र होइन, जग खन्ने कार्यमै संलग्न हुन जनप्रतिनिधिलाई सुझाव दिँदै उनले जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा लाग्न आग्रह गरिन् । त्यसक्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र केसीले पिता पुर्खाबाट जग्गाको हक हस्तान्तरण भए पनि लालपुर्जा नहुँदा खेप्न परेका यावत समस्या पुर्जा प्राप्त भएसँगै समाप्त भएको बताए ।

    प्रदेशसभा सदस्य पुकार महर्जनले पुर्जाका अभावमा घर बनाउँदा नक्सा पास, ऋण लिन धितो, हक हस्तान्तरण गर्न समस्या झेल्दै आएका स्थानीयबासीलाई लालपुर्जा प्राप्त भएसँगै ती कार्य गर्न सजिलो भएको धारणा व्यक्त गरे । सोही मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सेवाग्राहीलाई सहज र सरल ढंगबाट सेवा उपलब्ध गराउन तथा गाउँ ब्लक जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यलाई मन्त्रालय र मातहतका निकायले प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाए ।

    कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले नगरपालिकाका विभिन्न वडाका करिब २ सय घर परिवारले गाउँ ब्लक जग्गाधनी दर्ता प्रमाणपत्र नपाइरहेको तथ्यांक प्रस्तुत गरे । वडाध्यक्ष राजेन्द्र महर्जनले रोकिएको जग्गाधनी र मोहीसम्बन्धी जग्गा बाँडफाँट र कित्ताकाट खुलाउन मन्त्रीसँग आग्रह गरे ।

    नापी विभागका महानिर्देशक प्रकाश जोशीले ०२१ देखि रोकिएको गाँउ ब्लक नक्सासम्बन्धी समस्या सम्बोधन गर्ने सिलसिलामा जनमुखी कार्य गर्न पाएकामा विभागले गौरव महसुस गरेको प्रतिक्रिया दिए । सो अवसरमा ३२ परिवारलाई लालपूर्जा प्रदान गरियो । मन्त्रालयले गत कात्तिक १४ गतेयता महोत्तरी, सप्तरी, सिरहा, धनुषा, सुनसरी र काठमाडौंमा गरी करिब १५ हजारको हाराहारीमा गाउँ ब्लकसम्बन्धी पूर्जा वितरण गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij