
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा लेखनाथ कोइराला सर्वसम्मतरूपमा चयन भएका छन् । सोमबार सम्पन्न दुईदिने ११औँ राष्ट्रिय अधिवेशनले यसअघि सङ्गठनका वरिष्ठ उपाध्यक्ष रहेका कोइरालाको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।
मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij