
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत बोनस सेयर दिन लागेको हो ।
टेलिकमले पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ । लाभांश प्रस्तावसहित चैत २४ गते साधारण सभा पनि बोलाएको छ । यसका लागि चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij