
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । बैंकहरुले चैतका लागि निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंक र संघको सहमति अनुसार नै फागुन महिनाको ब्याजदरलाई नै चैतमा पनि निरन्तरता दिने भएकाे छ ।
चैत महिनामा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३५ र संस्थागत मुद्दति निक्षेपमा १०.०३५ ब्याजदर दिनेछन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले चैतका लागि आज ब्याजदर प्रकाशन गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij