
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैँ । भारतीय राज्य ओडिसामा एक जना सांसदले भीडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् । ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाएका हुन् । त्यहाँ उपस्थित प्रहरीले उनलाई गाडी रोक्न भनेका थिए तर उनले जबरजस्ती गाडी भीडमा चलाएपछि रोक्न खोज्ने प्रहरी पनि घाइते भएका हुन् ।
प्रत्यक्षदर्शीहरूले जगदेवले आफैं गाडी चलाएको र रक्सी खाएर आएको बताएका छन् । प्रहरीले उनीविरूद्ध हत्या प्रयासको जाहेरी दर्ता भएको जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij