Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

नेपाल ९२ रनले पराजित

नेपाल ९२ रनले पराजित

  • काठमाडाैँ । नेपाली क्रिकेट टोली चौथोँ अभ्यास खेलमा शुक्रबार पराजित भएको छ। श्रीलंका संयुक्त ११सँगको खेलमा नेपाल ९२ रनले पराजित भएको हो।

    images
    images
    images

    श्रीलंकाका स्टार खेलाडीले भरिएको श्रीलंका संयुक्त ११ ले पहिला ब्याटिङ गर्दै ४८ ओभर २ बलमा सबै विकेट गुमाएर २३२ रन बनाएको थियो। 
    श्रीलंका संयुक्त ११ लाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले ३/३ विकेट लिए। सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट हात पारे। 

    images

    जवाफी ब्याटिङमा उत्रिएको नेपालले भने ३५ ओभर २ बल खेल्दै १४० रन मात्र बनाउन सक्यो।
    नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए भने कुशल भुर्तेल ३२ रन बनाएर आउट भए।

    रोहितकुमार पौडेलले २१ र आरिफ शेखले १३ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij