
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सात महिनाको अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७/ ७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो । पछिल्लो सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या वृद्धि भई २ लाख १०२ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बितेको सात महिनामा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३२५ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij