
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध २१४ रनमै समेटिएको छ । नेपाल ३७.१ ओभरमै समेटिएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाए । त्यस्तै, आसिफ शेख ३६, विनोद भण्डारी २२, करण केसी १६, कमलसिंह ऐरी १५, रोहितकुमार पौडेल १३, कुशल भुर्तेल, सागर ढकाल १३र१३, सन्दीप लामिछाने ११ र ज्ञानेन्द्र मल्ल २ रनमा आउट भए ।
विक्रम सोब ११ रनमा अविजित रहे । बलिङमा श्रीलंका नेभी स्पोर्ट्स क्लबका अरविन्द अकुरुगोडाले ९.१ ओभरमा ५९ रन दिएर सर्वाधिक ४ विकेट लिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij