
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुने भएको छ ।
खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिकाको वडा नं ५ स्थित क्याम्पाचौरमा खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने भएका छन् । मकवानपुरसहित पाँच जिल्लामा प्रतियोगिता हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।
उनका अनुसार मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने बताइएको छन् । फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ । चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ ।
त्यसैगरी काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स खेल प्रतियोगिता हुने परिषद्ले जनाएको छ । साथै काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुने छ । प्रतियोगितामा एक हजार २०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने अनुमान परिषद्को रहेको छ । प्रतियोगिता आयोजनाका लागि आठ करोड ४० लाख खर्च हुने अनुमान रहेको सदस्य सचिव भण्डारीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij