Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बर्नलीमाथि चेल्सीको फराकिलो जित

बर्नलीमाथि चेल्सीको फराकिलो जित

  • काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नेलीलाई ४–० गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेजले २ तथा रीस जेम्स र क्रिष्टियन पुलिसीचले १–१ गोल गरे ।

    images
    images
    images

    खेलको ४७ औँ मिनेटमा जेम्सको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ५२ र ५५ औँ मिनेटमा हाभार्टेजले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए ।

    ७९ औँ मिनेटमा पुलिसीचले गोल गरेपछि चेल्सीले ४–० को फराकिलो जित हात पार्‍यो । यो जितसँगै चेल्सी २६ खेलमा ५३ अंकका साथ तेस्रो तथा पराजित बर्नेली समान खेलबाट २१ अंकका साथ १८ औँ स्थानमा यथावत छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij