
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । अस्ट्रेलियाका लेजेन्ड लेग स्पिनर शेन वार्न शुक्रबार निधन भएको छ । विश्व क्रिकेटकै एक महान खेलाडी वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
वार्नले टेस्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेस्ट क्रिकेटमा धेरै विकेट लिनेमा वार्न दोस्रो स्थानमा छन् । १५ वर्षको खेलाडी जीवनमा उनले १४५ खेल खेलेका थिए ।
वार्नले १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए । उनले १९९३ देखी २००५ को बीचमा १९४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २९३ विकेट लिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij