
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । एनसेलले सस्तो मूल्यको डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको हो ।
यसका साथै नन्स्टप युट्युब अफर अन्तर्गतको एउटा अल टाइम डेटा प्याकको भोलुम पुरानै मूल्यमा दोब्बर बनाइएको छ । नयाँ अल टाइम डेटा प्याकमा सात दिनको समयसीमा रहेको पाँच जीबी अल टाइम डेटाको मूल्य कर सहित १२५ रुपैयाँ रहेको छ ।
यी प्याकहरू मङ्गलबारदेखि सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले ८१७१२३३ डायल गरी नयाँ पाँच जीबी अल टाइम डेटा प्याक सुरु गर्न सक्नेछन् ।
त्यस्तै ग्राहकले नन्स्टप युट्युबसँग बन्डल गरिएको चार जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर मेसेजिङ डेटा बन्डल पनि ८१७१२३३ डायल गरी प्राप्त निर्देशन अनुसार लिन सकिनेछ । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij