
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडाैँ । रियलमीले मोबाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी १५० अल्ट्राडार्ट चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले रियलमी स्मार्टफोन सिरिज जीटी टुसँगै यो नयाँ चार्जर प्रस्तुत गरेको हो ।
१५० वाटको चार्जरबाट पाँच मिनेटमा मोबाइलको ब्याट्री ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । यो चार्जरमा तीन ओटा प्रविधिको प्रयोग गरिएको छ ।
जसमा मल्टी बुस्ट चार्जिङ पम्प, टेम्प्रेचर म्यानेजमेन्ट एल्गोरिदम र नयाँ लिथियम ब्याट्री रहेका छन् । चार्जरले ब्याट्रीको तापक्रम ४३ डिग्रीभन्दा कम राख्दै पाँच मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्षम हुने कम्पनीको भनाई छ । रियलमीको यो अल्ट्राडार्ट चार्जिङ प्रविधि १०० देखि २०० वाट चार्जिङ पावर सपोर्ट गर्ने विश्वकै पहिलो प्रविधि हो ।
रियलमीको यो चार्जरको प्रतिस्पर्धा साओमीको ११ आई हाइपर चार्ज फाइभजीसँग हुनेछ । जसमा १२० वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ । साओमीको यो चार्जरको सहयोगमा १७ मिनेटमा मोबाइलको ब्याट्री फुल चार्ज हुने दाबी गरिएको छ ।
रियालिटी जीटी २ प्रो कम्पनीको सबैभन्दा प्रिमियम फ्ल्यागशिप फोन हो। यसको प्रारम्भिक मूल्य ६४९ यूरो ९लगभग ५४ हजार रुपैयाँ० हुनेछ। यसमा लो टेम्परेचर पोलिक्रिस्टलाइन अक्साइड ९एलटीपीओ० २।० प्रविधि प्रयोग गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij