Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

फुटबलका हिरो घर फर्किए

फुटबलका हिरो घर फर्किए

  • काठमाडाैँ । ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् ।

    images
    images
    images

    पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।

    गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । तर, उनी दुई साता अघि पुनः अस्पताल भर्ना भएका थिए ।

    पेले आफ्नो फुटबल जीवनमा ब्राजिलका ९२ खेलमा ७७ गोलकर्ता तथा चार वटा विश्व कपमा गोल गर्ने चार खेलाडीमध्येका एक हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij