
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए) ले रूसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको छ। रूसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर फुटबल नियामकले यस्तो प्रतिबन्ध लगाएका हुन् ।
अर्को सूचना नआएसम्मको लागि यो प्रतिबन्ध कायम रहने उनीहरूले बताएका छन् । यो निर्णयसँगै रूसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा पनि सहभागिता जनाउन पाउनेछैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij