Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

खेलकुद थाहा नभएका मन्त्रीका कारण खेलाडीको भविष्य अन्धकार - मीनकृष्ण महर्जन

खेलकुद थाहा नभएका मन्त्रीका कारण खेलाडीको भविष्य अन्धकार - मीनकृष्ण महर्जन

  • ललितपुर/ नेपाली कांग्रेस नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले खेलकुदको ज्ञान नभएका व्यक्तिलाई मन्त्री र सदस्य सचिवको जिम्मेबारी दिँदा खेलाडीहरूको भविष्य अन्धकार भएको बताएका छन् ।

    images
    images
    images

    ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको भारदेउ डोजोले शनिबार आयोजना गरेको सितोरियो करातेको बेल्ट अप–ग्रेट तथा बृहत सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले यस्तो वताएका हुन् । पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका महर्जनले मन्त्री र सदस्य सचिवहरूले खेल क्षेत्र बुझ्दाबुझ्दै कार्यकाल वित्ने गरेको बताए ।

    ‘अस्थिर राजनीतिका कारण हाम्रो जस्तो सत्ता परिवर्तन भइरहने देशमा खेलकुद मन्त्री र सदस्य सचिवको अबधि १ वर्ष हुन्छ । उनीहरूलाई खेलकुदका विषयमा ज्ञान नै हुँदैन’, उनले भने, ‘उनीहरूले खेलकुदका बारेमा सिक्न र जान्न २ वर्ष लाग्छ । अनि खेलकुदको कसरी विकास हुन्छ ?’ ‘खेलकुद मन्त्री होस्, चाहे सदस्य सचिव होस्, खेलकुद बुझेको, खेलकुदमा भिजेको व्यक्ति मन्त्री र सदस्य सचिव भएर आउनुपर्छ’, कांग्रेस नेता महर्जनले भनेका छन् ।

    कार्यक्रममा नेपाल कराते महासंघका सहायक प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उसु खेलका अन्तर्राष्ट्रिय खेलाडी निकेश श्रेष्ठ, करातेका पूर्व राष्ट्रिय खेलाडी रवि सिलवाल लगायतको उपस्थित रहेको थियो ।274478339_496448982091962_4348295654464185371_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij