Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

श्रीलंकाविरुद्धको टी-२० सिरिज भारतले जित्यो

श्रीलंकाविरुद्धको टी-२० सिरिज भारतले जित्यो

  • काठमाण्डौँ । भारतले दोस्रो टी–२० सिरिज श्रीलङ्कालाई ७ विकेटले हराएको छ । श्रीलङ्कालाई ७ विकेटले हराउँदै भारतले तीन खेलको श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । श्रीलङ्काले दिएको १ सय ८४ रनको लक्ष्य भारतले १७ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टायो ।

    images
    images
    images

    भारतका लागि श्रेयस ऐरले अविजित ७४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रविन्द्र जडेजा ४५ रनमा अविजित रहे । श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

    श्रीलङ्काका पाथुम निशान्काले ७५ रनको अर्धशतकीय पारी खेले । डसुन सनकाले अविजित ४७ रन जोडे । भारतका भुवनेश्वर कुमार, जस्प्रित बुमराह, हर्षल पटेल, युजभेन्द्र चाहल, रविन्द्र जडेजाले एक-एक विकेट लिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij