
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ/ आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ ।
आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको थियाे । नेपाल समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । फाइनल प्रवेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij