Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालले आज क्यानडासँग खेल्दैं

नेपालले आज क्यानडासँग खेल्दैं

  • काठमाडौँ । ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए अन्तर्गत अन्तिम खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । खेलमा नेपाल सामान्य अन्तरले पराजित हुँदै सेमिफाइनलमा प्रबेश गरेको छ । नेपाल लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्ने दाउमा छ भने क्यानडा पनि सोही रणनीतिमा छ । 

    images
    images
    images

    खेल नेपाली समयानुसार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३:४५ मा सुरु हुनेछ । नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालको नेट रनरेट ४.३७५ छ । क्यानडा २ खेलमा १ मा जित र १ म हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडाको रेटरनरेट २.५१२ छ । नेपालको नेट रनरेटलाई पछि पार्न क्यानडाले लगभग ३७ रनभन्दा माथिको अन्तरले जित्नुपर्छ ।

    नेपाली टोली

    सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij