Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इन्टर मिलान सासोउलोसँग पराजित

इन्टर मिलान सासोउलोसँग पराजित

  • काठमाडाैँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ । आइतबार राति भएको खेलमा इन्टर घरेलु मैदानमा सासोउलोसँग २-० ले पराजित भएको हो 

    images
    images
    images

     खेलको आठौँ मिनेटमा जियाकोमा रास्पडोरीले गोल गर्दै सासोउलोलाई अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा जियानलुका स्कामक्काले गोल गर्दै टिमलाई २–० ले अगाडि बढाए ।

    त्यसपछि थप गोल निस्कन नसक्दा सासाउलोले सहज जित हात पारेको हो । यो पराजयसँगै इन्टरले शीर्ष स्थानमा उक्लने अवसर पनि गुमायो ।

    २५ खेलमा ५४ अंक जोडेको इन्टर दोस्रो स्थानमा कायमै रहँदा जित हात पारेको सासोउलो २६ खेलमा ३३ अंकका साथ ११ औं स्थानमा उक्लिएको छ ।




    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij