Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालले फिलिपिन्सलाई दियो दुई सय १९ रनको विशाल लक्ष्य

नेपालले फिलिपिन्सलाई दियो दुई सय १९ रनको विशाल लक्ष्य

  • काठमाण्डौं/ ब्याटिङमा ओपनर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्सलाई जितका लागि दुई सय १९ रनको विशाल लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय १८ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेलले एक सय चार, दिपेन्द्रसिंह ऐरीले ८३ र कुशल मल्लले १२ रन बनाए । कुशलले ६१ बलमा १३ चौका र एक छक्काको सहयोगमा सतकीय पारी खेलेका हुन् ।

    images
    images
    images

    ऐरीले ४७ बलमा ६ चौका र चार छक्काको सहयोगमा ८३ रन बनाएका थिए । ओपनर आरिफ शेख शुन्य रनमा आउट भएका थिए । बलिङमा फिलिपिन्सका डानियल स्मिथ, मिडी पोडोस्की र गुर्भुपिन्डर चोहानले एक एक विकेट लिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij