
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ। इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ।
इटालीको सान सिरोमा भएको खेलमा लिभरपुलले २-० जित निकालेको हो । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गोल गरे ।
योसँगै लिभरपुलले तीन अंक जोडेको छ । रोबर्टोले खेलको ७५औँ मिनेटमा गोल गरे भने ८३औँ मिनेटमा सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij