Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल आयरल्यान्डसँग पराजित

नेपाल आयरल्यान्डसँग पराजित

  • काठमाडाैँ । नेपाल ओमानमा जारी चारदेशीय टी–२० सिरिजको अन्तिम खेलमा टेस्ट टोली आयरल्यान्डसँग पराजित भएको छ । अल अमरेत क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो ।

    images
    images
    images

    आयरल्यान्डले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रनमा समेटिएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाउनुभयो ।

    नेपाललाई अन्तिम १२ बलमा २४ रन जितका लागि चाहिएको थियो । आयरल्यान्डका सिमी सिंहले इनिङ्सको १८औँ ओभरमा कुशल मल्ललाई तेस्रो र कमल सिंह ऐरीलाई चौथोँ बलमा क्याच गराए । कुशल र कमल लगातार बलमा आउट भएपछि नेपालले आयरल्यान्डमाथि टी–२० खेलमा ऐतिहासिक जित हात पार्ने सम्भावना पनि सकियो । 

    यस हारसँगै नेपाल तीन खेलमा दुई अंक जोड्दै अन्तिममा रह्यो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij