
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोना स्पान्योलसँग बराबरीमा रोकिएको छ । अन्तिम समयमा लुकको गोलसँगै बार्सिलोनाले स्पान्योलसँगै २-२ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।
खेलमा भ्रमणकारी टोली बार्सिलोनाले सुरुवाती अग्रता बनायो । दोस्रो मिनेटमै पेड्रीले जोर्ड अल्बाको पासमा गोल गरे ।
सर्जि डारडरले ४०औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । राहुल थोमसले ६४औँ मिनेटमा गोल गर्दा घरेलु टोली २-१ ले अगाडि बढ्यो । तर लुकले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए ।
बराबरी रोकिएसँगै २३ खेलबाट ३९ अंकसहित चौथोँ स्थानमा छ । २४ खेलबाट २८ अंक सहित स्पान्योल १३औँ स्थानमा छ । ५४ अंक सहित रियल मड्रिड शीर्ष स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij