Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

कविताः ‘एकान्तमा अचेल’

कविताः ‘एकान्तमा अचेल’

  • मेस्सीलाई फुटबल 
    पारसलाई क्रिकेट 
    कति सुहाएको
    भन्दाभन्दै
    कति बेला खेल्नै बिर्सेछु
    थाहा नै भएन 

    images
    images
    images

    पुष्करलाई साइकलको यात्रा 
    तेन्जिङलाई सगरमाथाको यात्रा 
    भन्दाभन्दै 
    कति बेला आफ्नै बाटो हिँड्न बिर्सेछु 
    थाहा नै भएन 

    images

    लाग्थ्यो जिन्दगीमा धेरैँ खेल खेलेँ 
    तर कत्तिबेला 
    आफ्नै लागि खेल्न बिर्सेछु
    थाहा नै भएन 

    एकान्तमा अचेल 
    सोचिरहन्छु
    सुकरातका राजनीतिक बिचार 
    अरस्तुका चेतनाका बिचार
    भब्य मान्छेका सभ्य बिचार
    सोच्दासोच्दै 
    आफ्नै लागि कत्तिबेला सोच्नै बिर्सिएछु 
    थाहा नै भएन 

    म्याडम क्युरीको
    त्यो अटुट जिम्मेवारी 
    नाइटिङ्गेलको 
    त्यो कठोर जिम्मेवारी
    पढ्दा पढ्दै
    अनि
    जिम्मेवारीका भारी पूरा गर्दा गर्दै 
    पहाड भन्दा विशाल
    समुन्द्र भन्दा गहिरो
    ब्रह्माण्ड भन्दा फराकिला
    रहर र चाहानाहरुको चाङ्
    आफ्नै डायरीको पहिलो 
    पानामा
    कत्तिबेला कोर्नै बिर्सिएछु  
    थाहा नै भएन 

    images

    आफ्नै लागि आफ्ना
    जिम्मेवारी किन भुलेँ होला?
    एकान्तमा अचेल सोचिरहन्छु 
    मायाको चिनो ताजमहल
    धरतीको माया चाँदनी 
    मुनाको माया मदन 
    सबैको प्रसंसा गर्दा गर्दै
    आफ्नै माया खोज्न
    किन बिर्सिएँ होला 
    थाहा नै भएन 

    मैले हिँड्न बिर्सिएँ कि 
    दौँडिन बिर्सिएँ कि 
    उफ्रेर खेल्न बिर्सिए कि 
    गहिरो मुद्रामा सोच्न बिर्सिएँ कि 
    जिम्मेवारीका पर्खाल भत्काउन बिर्सिएँ कि 
    मायाका ताना कस्न बिर्सिएँ कि 
    एकान्तमा अचेल
    सोचिरहन्छु ।

    © भरत खत्री ‘सान्दाइ’’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij