Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

बैङ्कहरुले बढाए ब्याजदर, अधिकतम ११.०३ प्रतिशत

बैङ्कहरुले बढाए ब्याजदर, अधिकतम ११.०३ प्रतिशत

  • काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरुले तरलताको समस्या कम गर्न ब्याजदर बढाएका छन् । लामो समयदेखि तरलताको समस्या भोग्दै आएका वाणिज्य बैङ्कहरूले लगानीयोग्य रकम जोहो गर्न फागुन महिनाका लागि ब्याजदर बढाएका हुन् । 

    images
    images
    images

    माघ महिनाको अन्तिम दिन वाणिज्य बैङ्कहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको ब्याजदरअनुसार वाणिज्य बैङ्कहरूको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ ।

    वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनले फागुनदेखि निक्षेपको ब्याजदर बढाउने सहमति गरेको थियो । एसोसिएसनको शुक्रबार बसेको बैठकको निर्णयअनुसार फागुन १ गतेदेखि वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ ब्याजदर लागू हुने भएको छ । 

    साथै साधारण बचत खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा ५ प्रतिशतभन्दा कम र कल निक्षेपमा ३.०१५ प्रतिशत निर्धारण गरिएको छ ।

    एसोसिएसनले राष्ट्र बैङ्कले दिएको ब्याजदरसम्बन्धी निर्देशनको पालना गर्दै अघिल्लो महिनाभन्दा औसतमा १० प्रतिशत बढी फागुन महिनामा बढाइएको जनाएको छ ।

    राष्ट्र बैङ्कको निर्देशनअनुसार वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर बढाउन पाउने सहमति गरे पनि ब्याजदर बढाउने/नबढाउने निर्णय भने बैङ्क स्वयंकै हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij