
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ। विश्वभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४१ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा १८ लाख ४७ हजार कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४१ करोड ५ लाख ५२ हजार पुगेको हो । यद्यपि हालसम्म ३३ करोड ६ लाख ३३ हजार ३ हजार जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा १९ लाख १५ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । आज थपिने भन्दा निको हुनेको संख्या ६८ हजारले बढी छ ।
पछिल्लो एक दिनमा ७ हजार ५८६ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ५८ लाख ८२ हजार ७ हजार ७१६ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij