
Apr 22 2025 | २०८२, वैशाख ९ गते
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडले बर्नलेसँग १-१ को बराबरीमा रोकिएको हो । युनाइटेडका लागि पउल पोग्वाले गोल गरेका थिए भने बर्नलेको लागि रोड्रिग्वेजले बराबरी गोल फर्काएका थिए ।
खेलको १८औँ मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले लुकासाको पासमा गोल गरेका थिए । तर युनाइटेडले दोस्रो हाफको शुरुमै गोल खान पुग्यो ।
४७ औँ मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले वाउट वेगह्रसटको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरमा सकियो ।
यो बराबरीले युनाइटेडले चौथोँ स्थान गुमाएको छ । युनाइटेड २३ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बर्नेली २० खेलबाट १४ अंकका साथ पुच्छरमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij