
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता खेल्न नेपाली क्रिकेट टोली आज ओमन प्रस्थान गर्न लागेको छ।
ओमनमा हुने प्रतियोगितामा नेपालसँगै ओमन, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल रहेको समूह ‘ए’ मा क्यानाडा, फिलिपिन्स र ओमन छन्। त्यस्तै, समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन्।
नेपालले ओमानविरुद्ध १८ फेब्रुअरीमा पहिलो खेल खेल्नेछन्। दोस्रो खेल १९ फेब्रुअरीमा फिलिपिन्स र तेस्रो खेल क्यानाडासँग २१ फेब्रुअरीमा खेल्नेछ।
१८ देखि २४ फेबु्रअरीसम्म हुने प्रतियोगितामा २२ फेबु्रअरीमा सेमिफाइनलका खेल र २४ फेब्रुअरीमा फाइनल हुनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij