Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ब्रेन्टफोर्डमाथि युनाइटेडको सहज जित

ब्रेन्टफोर्डमाथि युनाइटेडको सहज जित

  • इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हराउँदै तालिकाको सातौँ स्थानमा यथावत छ। 

    images
    images
    images

    पहिलो हाफमा गोलरहित बरबारीमा सकिएको खेलका सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। 
    खेलको ५५औँ मिनेटमा उन्थोनी एलाग्नाले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाएका थिए। ६२ औँ मिनेटमा मासन ग्रिनउडले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि खेलको ७७ औँ मिनेटमा मार्कस राशफोर्डले गोल गर्दै युनाइटेडलाई ३-० ले अगाडि बढाए।

    images

    तर खेल सकिन पाँच मिनेट बाँकी रहँदा घरेलु टोलीले गोल फर्कायो। उसका लागि ८५ औँ मिनेटमा इभान टोनीले सान्तवना गोल गरेका थिए।

    यो जितसँगै युनाइटेटको २१ खेलबाट ३५ अंक भएको छ। उसले छैठौं स्थानको आर्सनलसँग अंक बराबरी गरेको छ। 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij