
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नेपाल एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पराजित गर्दै एपीएफले उपाधिका लागि नेपाल पुलिस भिड्ने भएको छ ।
एपीएफका लागि शरद भेषवाकरले सर्वाधिक तीन विकेट हात पारे । अविनाश बोहरा र भुवन कार्कीले दुई-दुई विकेट लिँदा किशोर महतो र दिपक बोहराले एक-एक विकेट लिए । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । लोकेश बमले १८ बलमा ६६ रन बनाउँदा प्रदीप ऐरीले ५३ बलमा ५७ रनको योगदान गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij