
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाण्डौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार चौँथो जित निकालेको छ ।
समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले प्रदेश एकलाई ६ विकेटले हराएको हो । प्रदेश एकले जितका लागि दिएको एक सय २ रनको लक्ष्य पुलिसले १३ ओभर एक बलमा ४ विकेट गुमाएर भेट्टायो ।
पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको थियो । जितसँगै समूह ‘ए’ मा पुलिसको ८ अंक छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij