
Apr 19 2025 | २०८२, वैशाख ६ गते
कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् ।
३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।
अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने फैसला गरेका हुन् ।
अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij