
Apr 22 2025 | २०८२, वैशाख ९ गते
शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो ।
१६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।प्रतियोगिताअन्तर्गत समूह ‘सी’ मा रहेको मोरोक्कोले दुई खेलबाट ६ अंक जोडेको छ । उसले एक खेलअगावै नकआउट यात्रा तय गर्यो । दुई खेल खेल्दा पनि अंकविहीन रहेको कोमोरोस तालिकाको पुछारमा छ ।
अन्य खेलमा गाबोन र घाना १-१ को बराबरीमा रोकिँदा समूह ‘बी’ को खेलमा मलावीले जिम्बाबेलाई २-१ ले पराजित गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij