
Apr 19 2025 | २०८२, वैशाख ६ गते
पाकिस्तानका तालिवान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् । पाकिस्तानमा दशकौँदेखि आतंक मच्चाउँदै मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन् ।
टीटीपीको कमाण्डर समेत रहेका खुरासनीमाथि पाकिस्तानमा सयौं नागरिक र सुरक्षाकर्मीको हत्या गरेको आरोप थियो ।
५० बर्षिय खुरासनी अफगानिस्तानमा तालीवानी सरकार बनेपछि बारम्बार काबुल जाने गरेको सुचनाको आधारका ब्यापक खोजी गरिएको थियो । त्यसै क्रममा अफगानिस्तानको गठबन्धन सेनाले उनको हत्या गरेको बुझिएको छ ।
यद्दपी टीटीपीले एक बिज्ञप्ती जारी गरी खुरासनीको हत्या नभएको दावी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij