
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । मुलुकको संघीय राजधानी काठमाडौँमा दैनिक झ्यापझ्याप विद्युत जान थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान समास्याबारे जानकारी लिन फिल्डमा नै निस्किएका छन् ।
जतिसक्दो छिटो यस्तो समस्या समाधान गर्न फिल्डमा निस्किएका घिसिङले काठमाडौँ उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निमार्णधीन आयोजनाको काम छोटो सक्न पहल गरेका छन् ।
काठमाडौँ उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजना एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । प्राविधिकरणले उपत्यकाभित्र विद्युत गुणस्तरीय बनाउन सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तार भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदुढीकरण गर्ने लगायतका काम गरिरहेको छ ।
प्राधिकरणले काठमाडौँ उपत्यकामा २ हजार मेगावाट विद्युत खपत गर्नेगरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन सुरु गरेको छ ।
प्रतिकारात्मक तस्विर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij