
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट अधिकतम १६ प्रतिशत बोनस सेयर दिने भएको हो । यद्यपि, लाभांशमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने बैंकले जनाएको छ ।
यस वर्ष गरिमा विकास बैंकले कुल ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्नेछ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij