Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेप्से परिसूचक ६३.०१ अंकले बढ्यो

नेप्से परिसूचक ६३.०१ अंकले बढ्यो

  • काठमाडौं । आज शेयर बजारमा खुसियाली छाएको देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । 

    images
    images
    images

    दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा रोकियो । 

    आज श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा देखिएका छन् । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

    धेरै शेयर कारोबार हुने पहिलो नम्बरमा भने नबिल बैंकसँगको मर्जरको तयारीमा रहेको नेपाल बंगलादेश बैंक देखिएको छ । यस बैंकको मंगलबार ३ लाख ६७ हजार २ सय ५८ कित्ता शेयर किनबेच भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij