
Apr 23 2025 | २०८२, वैशाख १० गते
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ ।
पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।
महासङ्घले तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१हजार ७०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij