
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । शेयर कारोबार आज नेप्से परिसूचक २६ सय अंक वृद्धि भएको छ । सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ ।
नेप्से परिसूचक आज ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि सोमबार साढे चार अर्ब माथि पुगेको छ ।
दिनभर ८२ लाख ५ हजार ५२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ पुग्यो । आज धेरे शेयर मूल्य बढ्ने कम्पनीहरूमा मध्य भोटेकोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआई एशिया लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्सलगायत शेयर मूल्य बढेको छ । भोटेकोशी हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij