Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फ्रान्सले हटायो युरोपेली संघको झण्डा

फ्रान्सले हटायो युरोपेली संघको झण्डा

  •  फ्रान्स सरकारले पेरिसमा रहेको आर्क द ट्रयाफमा राखिएको युरोपेली संघको झण्डा हटाएको छ । फ्रान्स ६ महिनाका लागि यूरोपेली संघको अध्यक्ष रहेको छ । युरोपेली संघको अध्यक्षता सुरु गरेको मौका नगुमाउन आर्क द ट्रयाफमा राखिएको युरोपेली संघको झन्डा उतारिएको हो ।

    images
    images
    images

    देशका दक्षिणपन्थीले यो झण्डा फहराएको विषयलाई लिएर आपत्ति जनाएको थियो । त्यसपछि सरकारले अस्थायी रुपमा लगाइएको यो झण्डा हटाउने फैसला गरेको हो ।


    पेरिसस्थित आर्क द ट्रयाफ फ्रान्सको एक ऐतिहासिक स्मारक हो । यहाँ यो झण्डा ​अस्थायी रुपमा राखिएको थियो । तर देशका  दक्षिणपन्थीहरुले यसो गरेकोमा राष्ट्रपति म्याक्रोको आलोचना गर्दै उनले फ्रान्सको पहिचान हटाउन खोजेको आरोप लगाएका छन् ।




    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij