Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

 सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको सिट भागबण्डा

 सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको सिट भागबण्डा

  • काठमाडौं । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ ।

    images
    images
    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।

    images

    एमालेको खाली आठ सिटमा भने गठबन्धनबीच भागबण्डा भएको पौडेलले जानकारी दिइन् । 
    आगामी फागुनदेखि चारवर्षे कार्यकाल पुरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

    कांग्रेसले ६ सिटमा प्रतिस्पर्धा गर्ने छ भने माओवादी र नेकपा एसले पाँच-पाँच सिटमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । २० मध्ये १९ जना निर्वाचनबाट चुनिएर आउने छन् भने एक जनालाई मनोनीत गरिनेछ । 

    samsad_6380qPtq0F.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij