
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । सरकारले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले ९१ दिनका लागि ९१० करोड ट्रेजरी बिल जारी गर्ने भएको हो ।
बैंकका अनुसार पुस २० गतेदेखि जारी हुने उक्त बिल आगामी चैत २२ गते परिपक्व (म्याचुरिटी) हुनेछ ।
इच्छुक लगानीकर्ताहरूले आज दिउँसो २ बजेभित्र बिल खरिदका लागि विद्युतीय माध्यम (अनलाइन) मार्फत राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् ।
यद्यपि, कुल रकमको १५ प्रतिशत रकम भने प्रतिस्पर्धामा नभई आन्तरिक लगानीका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij