
Apr 19 2025 | २०८२, वैशाख ६ गते
विश्वको जनसंख्या अमेरिकी तथ्यांक व्यूरोका अनुसार विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ ।
चीनकाे जनसंख्या १ अर्ब ४० करोड रहेको छ । अहिले पनि चीन विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ भने भारत दोस्रो ठूलो देश बनेका छन् ।
व्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । अमेरिकापछि इण्डोनेसिया र पाकिस्तान क्रमशः चौँथो र पाँचौँ ठूलो देश बनेका छन् ।
इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ । सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ ।
राष्ट्रसंघले विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने र तर, यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ ।
व्यूरोका अनुसार आगामी केही दशक कंगो, इजिप्ट, इथोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिकामा जनसंख्या बढ्ने छ ।
यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्ने छ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij