Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेप्से दुई हजार ५८४.९१ अङ्कले  वृद्धि

नेप्से दुई हजार ५८४.९१ अङ्कले  वृद्धि

  • काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७७ अङ्कले बढेर ४८२.०१ मा पुगेको छ । कारोबार भएका कूल २४० कम्पनीमध्ये आज १९२ कम्पनीको शेयर उकालो लाग्दा ३२ कम्पनीको शेयर ओरालो लाग्यो भने १२ कम्पनीको शेयर मूल्यस्थिर रह्यो । कूल ७१ लाख ६० हजार ९८३ कित्ता शेयर रु चार अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर उकालो लाग्यो । 

    AGNI GROUP

    कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४४ करोड ९४ लाख दुई हजार ५९१ बराबरको कारोबार भयो ।  नबिल बैंक रु २९ करोड ७० लाख ४९ हजार २९८, शिवम् सिमेन्ट रु २३ करोड ४९ लाख ८१ हजार ६७८, नेपाल बङ्गलादेश बैंक रु १८ करोड ९२ लाख १५ हजार ८२७ र अपि पावर कम्पनी रु १७ करोड ३७ लाख चार हजार ३०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट