
Apr 22 2025 | २०८२, वैशाख ९ गते
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनललाई २-१ गोल अन्तरले हराएको हो । ग्याब्रियल मगालहेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा झरेको थियो ।
आर्सनल योग्य १ अंकको नजिक पुगेको समयमा सिटीबाट रोड्रीले इन्ज्युरी समयमा निर्णायक गोल गरेका थिए ।
जितसँगै सिटीले २१ खेलमा ५३ अंक जोडेको छ । सिटीले दोस्रो स्थानको चेल्सीमाथि ११ अंकको अग्रता बनाएको छ ।
आर्सनल ३५ अंक जोडेर चौँथो स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij