
Apr 23 2025 | २०८२, वैशाख १० गते
‘एक्स्क्लुसिभ लिडरशिप’ नामक उक्त कार्यक्रम माघ ८ गते ललितपुरको गोदावरी सनराइज कन्भेन्सन हलमा हुने आयोजकले जनाएको छ ।
काठमाडौं । भारतका मोटिभेसनल स्पिकर तथा नेतृत्व प्रशिक्षक डा. विवेक विन्द्राले आगामी माघ ८ गते शुक्रबार एकदिने प्रशिक्षण दिनु हुने भएको छ । डा. विन्द्राले नेपालका विभिन्न क्षेत्रमा संलग्न लिडरहरुलाई प्रशिक्षण दिने भएका हुन् ।
विभिन्न आठ विधामा विश्व कीर्तिमान राखेका डा. विन्द्राले ‘एक्स्क्लुसिभ लिडरशिप’ नामक उक्त कार्यक्रम जिनियस इन्साइडरको आयोजनामा हुन लागेको हो । उक्त कार्यक्रम माघ ८ गते ललितपुरको गोदावरी सनराइज कन्भेन्सन हलमा हुने आयोजकले जनाएको छ । प्रशिक्षण दिन बिहान १२ बजेदेखि साँझ ४ बजेसम्म हुने छ ।
यो कार्यक्रम व्यवस्थापकीय कौशलता, नेतृत्व विकास, व्यावसायिक रणनीतिहरुको अवलम्बन र निर्णय लिने क्षमता विकाससँग सम्बन्धित विषयमा केन्द्रित रहनेछ । व्यवस्थापकीय कौशलता तथा व्यावसायिक रणनीति निर्माणका नयाँ आधार अवलम्बन गर्ने उद्देश्यले उक्त नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम गर्न लागिएको जिनियस इन्साइडरका अध्यक्ष डा राहुल सरावागीले बताए ।
एक दिने प्रशिक्षणमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, स्कूल, कलेज, उद्योग, व्यवसायका अध्यक्ष, संचालक तथा उच्च पदस्थ अधिकारीहरु सहभागी हुन सक्ने छन् । यी क्षेत्रका करिब २५० जना उक्त प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij