
Apr 23 2025 | २०८२, वैशाख १० गते
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगोबापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।
काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएको जिल्ला अदालतले जनाएको छ । उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो । सीआईबीले अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।
तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगोबापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij