
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । कुमारी बैंकले आफ्नो सम्पूर्ण सिष्टम डाउन पारेको छ । बैंकको बैंकिङ सिस्टम ह्याक गरी पैसा लैजाने धम्की आएपछि सिष्टम डाउन पारिएको कर्मचारी स्रोतले जनाएको छ ।
साउदी ग्रुप नामक ह्याकरबाट धम्कीपूर्ण ईमेल प्राप्त भएसँगै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम सिस्टम, वेबसाइट लगायत आफ्नो सम्पूर्ण सिस्टम डाउन गरेको हो । नेपाल राष्ट्र बैंकले बैंकलाई यस्तो धम्की आएपछि आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij